धनगढीकाे महायज्ञबाट ४ करोड ८४ लाख सङ्कलन

कैलाली | फागुन १, २०८१

धनगढीकाे महायज्ञबाट ४ करोड ८४ लाख सङ्कलन

गोदावरी:  मानवसेवा आश्रमले धनगढीमा सञ्चालन गरेको महायज्ञमा रु चार करोड ८४ लाख रकम सङ्कलन गरेको छ ।

 

धनगढीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा उक्त रकम दाताबाट सङ्कलन भएको हो ।

 

एक सातासम्म सञ्चालित महायज्ञमा सहभागी दानदाताहरूले गक्षअनुसारको दान गरेर सडक आश्रित व्यक्तिहरूका लागि भवन निर्माणमा सहयोग पु¥याएका मानव सेवा आश्रमका सल्लाहकार सिद्धराज पनेरुले बताउनुभयो ।

 

महायज्ञ गत माघ २३ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको थियो ।

 

महायज्ञमा भाष्कर कमलनयन गौतमले सङ्गीतमय श्रीमद् भागवत् कथा वाचन गर्नुभएको थियो । विसं २०७५ मङ्सिर १ गते धनगढी उपमहानगरपालिका–५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेको आश्रमले आफ्नै भवन निर्माणको पहल थालेको सल्लाहकार पनेरुले बताउनुभयो ।

 

शाखाले हालसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका तीन सय ८८ जनाभन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन, जीवन जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरी सेवा प्रदान गर्दै आएको छ ।

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्